विश्वभर ५ करोड ५९ लाखनाघे कोरोना संक्रमित


विश्वभर ५ करोड ५९ लाखनाघे कोरोना संक्रमित

३ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ५९ लाखनाघेको छ । बितेको २४ घन्टामा ६ लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५९ लाख ४३ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ४३ हजार ३ सय ८८ को मृत्यु भएको छ । विश्वभर ३ करोड ८९ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५६ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५४ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८९ लाख १२ हजार संक्रमितमध्ये एक लाख ३१ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ११ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख संक्रमित संख्यामध्ये ४६ हजारको मृत्यु भइसकेको छ ।

रुसमा १९ लाख ७१ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ३५ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४६ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना कोरोना संक्रमितमध्ये १२ सय ४७ को मृत्यु भएको छ ।

चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने, बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज
एजेन्सी – यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ । यस भाइरसले घर वरिपरी सरसफाई गर्न, घरका हरेक कुनालाई किटाणुरहित बना…
खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ, रोक्ने ५ घरेलु उपाय
एजेन्सी | कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ । वर्ल्ड …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...