काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन्।मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको छ।
यता, पछिल्लो २४ घण्टामा १५ सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ६७ जना पुगेको छ ।