कोरोना कालमा भिटामिन ‘डी’को अभाव : यी खानेकुराबाट गर्न सकिन्छ परिपूर्ति


कोरोना कालमा भिटामिन ‘डी’को अभाव : यी खानेकुराबाट गर्न सकिन्छ परिपूर्ति

अहिले नेपालका सहरी क्षेत्रमा भिटामिन ‘डी’ को माग ह्वात्तै बढेको छ। जसले अभाव समेत देखिन थालेको छ। कोरोना भाइरस संक्रमित व्यक्ति र घरभित्रै आइसोलेसनमा रहेका व्यक्तिलाई भिटामिन ‘डी’ को कमी हुने भन्दै चिकित्सकले सिफारिस गरेपछि यसको माग बढेको हो।

भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको प्रकाश हो। विज्ञहरूका अनुसार सूर्यको प्रकाशमा मानिस बस्दा शरीरले भिटामिन ‘डी’ उत्पादन गर्छ। एक अध्ययनअनुसार विश्वका ५० प्रतिशत मानिस सूर्यको पर्याप्त प्रकाश लिन पाउँदैनन्। त्यस्तै अमेरिकामा बसोबास गर्ने ४० प्रतिशत मानिस सूर्यको प्रकाशबाट टाढा रहेका छन्।

तर घरभित्रै बस्दा पर्याप्त सूर्यको प्रकाश प्राप्त हुँदैन। त्यसैले यसको परिपूर्ति अन्य स्रोतबाट गर्नुपर्ने हुन्छ। यहाँ भिटामिन ‘डी’ पाइने केही खानेकुराको स्रोतका बारे चर्चा गरिएको छ :

माछा
माछा भिटामिन ‘डी’ पाउने प्रमुख स्रोतमध्ये एक हो। माछामध्ये स्यालमन तथा हेरिङ आदि प्रमुख हुन्। स्यालमन बोसो हुने माछा हो। यसमा भिटामिन डी को ५२६ इन्टरनेशनल युनिट (आईयू) पाइन्छ। मानिसलाई हरेक दिन आवश्यक पर्ने ८ सय आईयू भिटामिन यसबाट परिपूर्ति गर्न सकिन्छ।

तर पालिएको र खोलामा पाइने माछाको भिटामिनमा भने निकै फरक छ। खोलमा पाइने स्यालमनमा ९८८ आईयू भिटामिन ‘डी’ पाइन्छ।

यसैगरी संसारभर खाइने हेरिङ (सिद्रा) पनि भिटामिन ‘डी’ राम्रो स्रोत हो। ताजा हेरिङमा २१६ आईयू प्रति १०० ग्राममा पाइन्छ। ताजा नपाइएमा अचारका रूपमा सुकटीलाई पनि प्रयोग गर्न सकिन्छ। यसमा प्रति १०० ग्राम ११२ आईयू भिटामिन पाइन्छ।

कड माछाको तेल
सीधै माछाको मासु खान इच्छा नहुनेका लागि कड माछाको तेल भरपर्दो विकल्प हो। यस्तै ताजा माछा नपाइने स्थानमा यसको प्रयोग गर्न सकिन्छ।

यो भिटामिन ‘डी’ पाइने निकै राम्रो स्रोत हो। यसमा प्रतिचम्चा (४.९ मिलिलिटर) करिब ४४८ आईयू भिटामिन पाउन सकिन्छ। यसको प्रयोग बालबालिकामा भिटामिनको कमी हुँदा धेरै वर्ष पहिलेदेखि हुँदै आएको छ। यसमा भिटामिन ‘ए’ समेत पाइने भएकाले निकै उपयोगी रहेको छ।

अण्डा
माछामासु नखानेका लागि यो भरपर्दो उपाय हो। अण्डा भिटामिनको भरपर्दो स्रोत हो। अण्डाको सेता भागमा भिटामिन र बोसो चिज पाइन्छ। त्यस्तै पहेँलो भागमा मिनरल्स पाइन्छ।

एउटा अण्डामा ३७आईयू भिटामिन डी पाइन्छ। यसको युनिट चाहिँ पोथीलाई दिइएको चारो र घामले भेटेको मात्रामा भर पर्छ। डुलुवा कुखुराले पारेको अण्डामा ३ देखि ४ गुणा बढी युनिट भिटामिन पाइन्छ।

यसैगरी भिटामिन ‘डी’ लगायत भिटामिन खुवाइएको पोथीले पारेको अण्डामा ६०००आईयू सम्म भिटामिन पाइन्छ।

च्याउ
च्याउ वनस्पतिमध्ये भिटामिन ‘डी’ पाउने महत्वपूर्ण स्रोत हो। मानिसले झैँ च्याउले पनि सौर्य ऊर्जा सञ्चय गरेर भिटामिन उत्पादन गर्छ।

विज्ञहरूका अनुसार च्याउले भिटामिन डी २ उत्पादन गर्छ। प्राणीले भिटामिन डी ३ उत्पादन गर्छन्। भिटामिन डी २ डी ३ जति प्रभावकारी नभए पनि रगतको मात्रा बढाउनमा भने यसले मद्दत गर्छ।

जङ्गलमा पाइने च्याउमा भिटामिन डी २ को मात्रा बढी पाइन्छ। कतिपय च्याउमा प्रति सयग्राम २,३०० आईयू सम्म भिटामिन पाइन्छ। तर व्यवसायिक रूपमा उत्पादन गरिएको च्याउ अँध्यारो कोठाभित्र हुने भएकाले भिटामिन कम पाइन्छ।

तैपनि कतिपय च्याउमा भने विशेष किसिमको प्रकाश दिएर उत्पादन गरिने च्याउमा भने प्रति सयग्राम १३० देखि ४५० आईयू सम्म भिटामिन डी २ पाइन्छ।

अन्य खानेकुरा
साकाहारी भोजनकर्ताका लागि भिटामिन ‘डी’को स्रोत भेट्टाउन मुस्किल पर्छ। तर नपाउने भन्ने चाहिँ छैन।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

गाईको दूध : गाईको दूधमा भिटामिन प्रशस्त पाइन्छ। गाईको दूधमा क्याल्सियम, फस्फोरस लगायतका थुप्रै भिटामिन पाइन्छ। प्रतिकप (२३७ मिलिलिटर) गाईको दूधमा ११५ देखि १३० आईयू सम्म भिटामिन डी पाइन्छ।

सोया मिल्क : सोया मिल्क। भटमासबाट बनाइएको धुलोलाई कतिपय देशमा सोया मिल्कको रूपमा उपभोग गर्दै आइरहेका छन्। यसमा पनि गाईको दूधमा भएझैँ थुप्रै भिटामिन पाइन्छ। प्रतिकप (२३७ मिलिलिटर) सोया मिल्कमा १०७ देखि ११७ आईयू भिटामिन डी पाइन्छ।

सुन्तलाको जुस : कतिपय मुलुकमा सुन्तलाको जुसलाई भिटामिन डीको भरपर्दो स्रोतका रूपमा उपभोग गर्दै आइएको छ। प्रतिकप सुन्तलाको जुसमा १००आईयू भिटामिन डी पाइन्छ।

दाना तथा गेडागुडी : मिसाईको दाना तथा गेडाडुडीमा पनि भिटामिन डी प्रर्याप्त मात्रामा पाइन्छ। यसमा विभिन्न किसिमका गेडागुडी, जहुँ लगायतका अनाज पनि मिसाइन्छ। प्रति ७८ ग्राम ओटमिलमा ५४ देखि १३६आईयू भिटामिन पाइन्छ।

कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार कर्मचारीलाई बिदा दिन लागिएको हो । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...