http://bit.ly/bajajdurbartimes

थप १ हजार १४ जना कोरोना संक्रमित, उपत्यकामा ४ सय ४२


थप १ हजार १४ जना कोरोना संक्रमित, उपत्यकामा  ४ सय ४२

पछिल्लो २४ घण्टामा १ हजार १४ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा काठमाडौं उपत्यकामा  ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ६२८ छ।हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० रहेको छ। हालसम्म १ हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

1

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

2

हिन्दी अन्तर्वार्ता

3

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

4

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

5

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

6

देशभर आजको मौसम यस्तो छ


Share Tweet Send