काेराेना माहामारीः आशाकाे मुहान


काेराेना माहामारीः आशाकाे मुहान

इतिहास साक्षी छ कि जाे आफ्नाे गाउँ र परिवारलाइ त्याग्छन् तिनीहरू कहिल्यै सुखी हुन सक्दैनन् । याे एउटा ध्रुवसत्य हाे कि "जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी" । गाउँकाे हरियाली प्राकृतिक जीवनशैली सबै बिर्सेर मानिसहरू झिलीमिली दुनियाँतर्फ आकर्षित भैरहेका छन् । आफ्नाे संस्कार संस्कृतिलाई बिर्सेर बाह्य संस्कार र संस्कृतिकाे रमझममा धनदाैलतकाे खातिर मानिस मेसिन बन्दै गैरहेकाे छ । मातृभूमिसँग नाता ताेड्दै मातृभूमिकाे माटाेलाई नै भुल्दै गैरहेकाे छ ।

मानिहरूले बुझेका छन्, तर बिर्सेका छन् कि ,गाउँकाे माटाेमा छुट्टै सुगन्ध हुन्छ  । विहानीकाे समयमा चराहरूकाे चिरविरकाे सुगम संगीत सुन्न पाइन्छ । गाउँमा सामाजिक भावना छ । अपनत्व महसुस हुने मानिसहरू हुन्छन् । घुलमिलमा रहन सहज हुन्छ ।गाउँमा शुद्द मुहानकाे पानी पिउन पाइन्छ । । गाउँमा बालबालिकाहरू प्राकृतिक वातावरणमा घुलमिल भएर खेल्न पाउँछन् ।  यस्ताे सबैथाेक हुँदाहुँदै पनि मानिसहरू गाउँ छाडेर शहरतिर नै आकर्षित भैरहेका छन् ।

उता सहरमा एउटै घरमा बस्ने मानिसहरूबीच  चिनजानसम्म हुँदैन ।बालबालिकाहरू एउटा काेठाभित्र गुम्सिएर बहुप्रतिभालाई नै निमिट्यान्न पारिरहेका हुन्छन् ।  आपतविपतमा सहयाेगकाे अपेक्षा हुँदैन । मेकानिकल वातावरण र मेसिनजस्ताे जिन्दगी हुन्छ ।शहरमा कहाँकाे पानी कहिलेकाे पानी केही थाहा हुन्न ।  भिडभाड , जाम, धुवाँ, धुलाे र अपरिचित अनुहारहरूकाे भीडमा आफ्नाे अश्तित्व नै विलिन हुँदा पनि मानिसहरू आखिर सहरकेन्द्रित जीवन नै छानिरहेका छन् ।

गाउँमा सहयाेगी भावना हुन्छ । शहरमा संवेदना र इमान्दारीका झल्काेसम्म पाउन गार्हाे हुन्छ । गाउँमा काेही विमारी भयाे , काेही लड्याे भने सबै मिलेर अस्पताल लैजान हतार गर्छन् । शहरमा कहिँ केही भैहाल्याे भने पहिले तस्वीर खिच्न तम्सिन्छन् । लाइक र कमेन्टकाे प्रतिस्पर्धामा कसैकाे ज्यानकाे कसैलाइ पर्वाह हुँदैन ।

गाउँमा गाइभैँसीकाे शुद्द दूध , दही , घ्यु पाइन्छ । शहरमा डिब्बामा दूध , दही घ्यु पाइन्छ जसमा कुनै मिठास हुन्न । गाउँमा आँगन छ । करेसाबारी छ । स्वच्छता छ । सबैथाेक छ । शहरमा मानवीयताकाे मृत्यु भएकाे छ । इमान्दारीताकाे ठेगाना हराएकाे छ । अपरिचित अनुहारकाे भीड छ । आशा छ । नैराश्यता छ । यहाँ दुःख मात्र हाइलाइट हुन्छ।

सबैथाेक हुँदाहुँदै पनि प्रतिस्पर्धाकाे दुनियाँमा शहरलाइ नै प्राथमिकतामा राखिरहेकाहरूलाइ एक्कासी काेराेना माहामारीले सतहमा ल्याइदियाे । वर्षाैँदेखि गाउँकाे अनुहार बिर्सेकाहरू एकाएक गाउँतिर हानिए । काेराेना माहामारीले ६,७ महिनासम्म गाउँमा बसेपछि अहिले गाउँकाे माया लाग्न थालेकाे छ । आमाबुबाकाे माया लाग्न थालेकाे छ । आमा बुबाकाे त्याे दुःख जसले गर्दा शहर जान याेग्य भएकेा थियाे, आज उसले बुझ्न थालेकाे छ ।

परिवार अनि आफन्तकाे महत्व थाहा पाउन थालेकाे छ । गाउँमा भाइचारा छ , संवेदना छ । धर्म छ । इमान छ । सम्मान छ । नाता छ सम्बन्ध छ । सबै छ भन्ने बुझ्दै गएकाे छ ।

गाउँमा बगैँचा छ । बगैँचाकाे सुगन्ध छ । खेतबारी छ । माटाेकाे माया छ । पसिनाकाे किमत छ । आनन्द छ । आखिर गाउँमा के छैन र? याे सबै आज थाहा हुन थालेकाे छ । गाउँमा ताजा फल छ ,स्वादिलाे जल छ ।

काेराेना माहामारीले एकपटक फेरि हजुरआमाकाे परीकाे कथा  याद दिलाइदिएकाे छ । आमाकाे माया, बुबाकाे सपना याद दिलाइदिएकाे छ । बालबच्चामा संस्कार  र संस्कृतिकाे महत्व बुझाइदिएकाे छ । नाता सम्बन्धकाे महत्व बुझाइदिएकाे छ । प्राकृतिक सुन्दरताकाे महसुस गर्ने समय दिलाइदिएकाे छ । सबैभन्दा धेरै आफैँलाई बुझ्ने माैका दिएकाे छ ।

पिज्जा र बिरयानीकाे सट्टा मकै र काेदाेकाे राेटीकाे तागत बुझाइदिएकाे छ । काेक र फ्यान्टाभन्दा दूध र दही तागतिलाे हुन्छ भन्ने कुरा बुझाइदिएकाे छ ।

काेराेना माहामारीकाे सकारात्मक असर भनेकाे भर्चुअल दुनियाँमा रहेकाहरूलाई प्राकृतिक दुनियाँमा रमाउने समय दिएकाे छ । माेबाइल समातेर कुना पस्नेहरू , पाहुना आउँदा झर्काे मान्नेहरू , खुशी र दुःख लाइ भर्चुअल बनाउनेहरू आज वास्तविक खुशी के हाे थाहा पाउने भएका छन् ।

माहामारीका कारण याेग ध्यान अध्यात्मकाे चिन्तन बढेकाे छ । धर्म, परम्परा र इतिहासका सुन्दर र विचनारणीय कुराहरूकाे बहस  सुरू भएकाे छ । विज्ञान र अध्यात्मकाे मिलनविन्दु खाेज्ने काम सुरू भएकाे छ ।

शहरकाे गञ्जागाेलले आजित भएकाहरू गाउँमा जीवनकाे खाेजी गर्न थालेका छन् । अब केही त यस्ताे हुनेवाला छ जसले प्राकृतिक जीवनशैली फेरी एकचाेटि खाेजकर्ताहरूका नजरमा पर्नेवाला छ ।

बाँझाे जमिनमा उब्जनी बढाउने तयारी देखिएकाे छ । सुकेकाे सम्बन्धमा रस भर्ने क्रम देखिएकाे छ । पैसा मात्र जीवन हैन साना साना खुशीहरू नै जीवन हुन्, सुख र दुःख त जीवनका पाटाहरू हुन् भन्ने भावना विकसित हुन थालेकाे छ । मेसिनरी जिन्दगीभन्दा प्राकृतिक जीवनशैली नै महत्वपूर्ण रहेछ भन्ने आवाजहरू सुन्न थालिएकाे छ ।

काेराेना माहामारीले संसारलाइ एउटा नयाँ विन्दुमा पुर्याइदिएकाे छ । अबपनि संसार विज्ञानकाे दुरूपयाेग गर्दै प्रकृतिकाे विनास गर्न अग्रसर भैरहने हाे भने समूल विनाश हुन समय लाग्दैन भनेर काेराेनाले पाठ सिकाएकाे छ । आशा गराैँ मानिसहरूले जिन्दगीकाे महत्व बुझ्न सक्नेछाैँ । प्रकृतिकाे महत्व बुझ्न सक्नेछाैँ । याे हुनैपर्ने कुरा हाे र हुन्छ भन्नेमा आशावादी पनि छु।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...