नेपालमा आज सम्मकै धेरै कोरोना संक्रमित २ हजार ७ सय २२ ,उपत्यकामा १६३८


नेपालमा आज सम्मकै धेरै कोरोना संक्रमित २ हजार ७ सय २२ ,उपत्यकामा १६३८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप  १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका  १९६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...