पछिल्लो २४ घण्टामा २ हजार ९४२मा कोरोना पुष्टि, उपत्यकामा १६९८


पछिल्लो २४ घण्टामा २ हजार ९४२मा कोरोना पुष्टि, उपत्यकामा १६९८

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १६९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका १४६९, भक्तपुरका ९९ र ललितपुरका १३० जना रहेका छन्।

आज २ हजार ३२६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...