नेपालमा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, उपत्यकामा १९३५


नेपालमा थप ३७४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,  उपत्यकामा  १९३५

नेपालमा थप ३७४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८जना पुगेको छ । २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६९४ जनाको मृत्यु पुष्टि भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...