पछिल्लो २४ घण्टामा ४,३६४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २५४०


पछिल्लो २४ घण्टामा ४,३६४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २५४०

पछिल्लो २४ घण्टामा थप ४,३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार६१७ पुगेको छ ।

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...