durbar-times

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा  थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् ।

साथै आज ७१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।

आज कोरोनाबाट एक जनाको मृत्यु भए सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send