durbar-times

काेराेनाका बिरामीहरूले गर्ने गल्तीहरू , जसले ज्यान जाेखिममा पार्न सक्छ


काेराेनाका बिरामीहरूले गर्ने गल्तीहरू , जसले ज्यान जाेखिममा पार्न सक्छ

काेराेना महामारीकाे दाेस्राे लहरले यतिबेला देशैभरी डरकाे माहाेल सिर्जना गरेकाे छ । नयाँ भेरियन्टकाे भाइरसले अझै तिब्र गतिमा आक्रमण गर्ने भएकाले सावधानी अपनाउन नेपाल सरकारले आग्रह गरिसकेकाे छ । काेराेनाबाट अति प्रभावित १४ वटा  जिल्लामा सरकारले शैक्षिक संस्थासमेत बन्द गरिसकेकाे छ भने अन्य स्थानहरूमा समेत स्वास्थ्य सुरक्षा मापदण्डकाे पालना अनिवार्य गराइसकेकाे छ ।

काेराेना भाइरसकाे लक्षण थाहा नपाएर अथवा भाइरस पाेजेटिभ देखिइसकेपछि पनि कतिपय बिरामीहरू पेनकिलर तथा एनटिबायाेटिकजस्ता औषधीहरू खाएर दुःखाइ कम गर्ने प्रयास गरिरहेकाे पाइन्छ । तर के तपाइँलाइ थाहा छ ? डाक्टरहरूकाे सल्लाह नलिइकन यस्ता औषधी खानु स्वास्थ्यका लागि कति खतरनाक छ ?

काेराेनाका एक्सपर्टहरूकाे सल्लाह मान्ने हाे भने हालसम्म काेराेनाकाे कुनै औषधी छैन । डाक्टरहरूले गर्ने उपचार भनेकाे रिकभरी नहुन्जेलसम्मका लागि राेकथाम मात्र हाे । काेराेनाकाे हल्का लक्षण देखिँदा सेल्फ आइसाेलेसनमा बस्नु नै सबैभन्दा उत्तम उपाय हाे । अत्यावश्यक अवस्थामा र बृद्ध अवस्थाका बिरामीहरूलाइ मात्र अस्पताल लैजानुपर्छ ।

कुनै वैज्ञानिक प्रमाण नभएका तर अधिकतम बिरामीहरूले अपनाउने उपायहरू यी हुन् जसले ज्यान झनै जाेखिममा पुर्याउन सक्छ ।

पेनकिलरः हल्का लक्षण देखिँदा मात्र पनि मानिसहरू पेनकिलर खाने गर्छन् । डाक्टरकाे सल्लाह बिना नै यस्ता एण्टिवायाेटिक्सहरू खानु निकै खतरनाक सावित हुन सक्छ । त्यसैले डाक्टरसँग परामर्श लिएर मात्र पेनकिलर खाने गराेैँ ।

कफ सिरपः काेराेना लागेकाे बेला खाेकीबाट राहत पाउन डाक्टरकाे सल्लाह अनुसार कफ सिरप लिन सकिन्छ तर डाक्टरकाे सल्लाहबिना नै कफ सिरप लिँदा साइड इफेक्ट पनि हुन सक्छ ।

आयुर्वेदिक उपचारः हालसम्म आयुर्वेदिक पद्धतिमार्फत काेराेनाकाे उपचार भएकाे कुनै प्रमाण फेला परेकाे छैन । त्यसैले कुनै पनि व्यक्तिकाे भरमा परी ज्यान जाेखिममा नराखाैँ ।

ब्रिटिश जर्नल ऑफ न्यूट्रिशनमा प्रकाशित एक रिपाेर्ट अनुसार काेराेना महामारीकाे समयमा शरीरलाइ स्वस्थ राख्ने खानेकुराहरू मात्र खानुपर्छ । बढी क्यालाेरी भएका खानेकुराहरू पनि यतिबेला बर्जित छन् ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send