पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १५३३


पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १५३३

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी जम्मा १५३३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ कोरोना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...