पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २४०२


पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २४०२

पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ हजार ४०२  जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४  जनालाई  कोरोना संक्रमण देखिएको छ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...