कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी


कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार कर्मचारीलाई बिदा दिन लागिएको हो ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ । यसबारे सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयसँग मन्त्रिपरिषदमा प्रस्ताव कसले पेश गर्ने भन्नेबारे छलफल भईरहेको छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सङ्क्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।

अहिले मुख्यसचिवसहित हजार बढी निजामती कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् ।

यद्यपि कतिपय कर्मचारीमा सङ्क्रमण पुष्टि भएको तीन हप्तासम्म पनि रिपोर्ट नेगेटिभ नआएको बताइएको छ भने कतिपय अवस्थामा रिपोर्टमा पोजेटिभ आए पनि जीउ दुखाई र थकान उस्तै भएकोले आरामको आवश्यकता रहेको बताएका छन् ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…
भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ
पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ । एभोकाडो के हो? …

स्रोत


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...