durbar-times

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या  दुई लाख ७४ हजार दुई सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ९६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ४ सय ७१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send