durbar-times

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०४ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।

हाल देशभर आइसोलेसनमा ९११ जना र क्वारेन्टिनमा ५५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १२ जनाको मृत्यु भइसकेको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send