पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४०१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ७५ संक्रमित निको भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ८९५ रहेको मन्त्रालयले जनाएको छ । सोमवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले ३ हजार १४ जनाको मृत्यु भएको छ ।