पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । जसमध्ये २ लाख ५७ हजार २२९ जना डिस्चार्ज भएका छन्।
यस्तै अहिलेसम्म कोरोनाबाट १९०९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।