काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८ जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार मात्रै थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ । यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्।