काठमाडौं | पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जना कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २२६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ।