काठमाण्डौ | पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ पुगेको छ।
शुक्रबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।