पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६८४


पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६८४

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ  ।

उपत्यकामा थप १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप  १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...