http://bit.ly/bajajdurbartimes

पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा देशभर ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।  

२४ घण्टामा ५ हजार ५१०  पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौं उपत्यकामा २४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सहित कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

यस्तै, २४ घण्टामा ७३९ संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय  पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ३८४ संक्रिय संक्रमित छन् ।

२४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send