durbar-times

पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि


पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै | पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

३३६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ३  सय ३ पुगेको छ । अहिले नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५५ पुगेको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send