durbar-times

पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । कूल ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा बुधवार १६२ जनामा कोरोना पुष्टि भएको हो ।

कूल संक्रमितमध्ये २ लाख ७२ हजार ७८६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भएका छन् । कोरोना निको हुने दर ९८.४% रहेको छ ।

बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले बुधवार थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको मन्त्रालयले जनाएको छ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send