अर्को वर्षको अप्रिलसम्म कोरोनाको खोप उपलब्ध हुन्छ: राष्ट्रपति ट्रम्प


अर्को वर्षको अप्रिलसम्म कोरोनाको खोप उपलब्ध हुन्छ: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेको समाचारमा जनाइएकोा छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताएको प्राप्त समाचारमा जनाइएको छ । उनले आपूm हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिएका थिए ।

कोभिड–१९ भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल
एजेन्सी | कोभिड–१९ विरुद्धको भ्याक्सिनको सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा उछाल देखिएको छ । ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएसँगै उक्त कम्पनीको शेयरमा ९ प्रतिशतको बढोत्तरी देखियो । अमेरिकी राष्…

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताएका थिए । त्यस कार्यक्रममा उनले भनेका थिए । आगामी अप्रिल महिनासम्ममा सबे जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।

त्यसपछि यहाँका बृद्धबृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि  राष्ट्रपति ट्रम्पले जानकारी दिए । पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उनले बताए ।

यसअघि पनि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिएका छन। निर्वाचनमा आफ्नो पराजयपछि आज उनले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

भ्याक्सिन स्पुतनिक भी अक्टोबरको अन्तसम्म बजारमा आउने
२० असोज । रुसद्वारा विकास गरिएको भ्याक्सिन स्पुतनिक भी अक्टोबरको अन्तसम्म बजारमा आउने भएको छ । कोरोना भाइरसविरुद्धको यो भ्याक्सिन अक्टोबरको अन्तसम्म बजारमा आउने रुसी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । सोमबार रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अक्टोबरको अन्त या नोभेम्बरको शुरुसम्मा भ्याक्…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...