http://bit.ly/bajajdurbartimes

विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१


विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१

काठमान्डौ | विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म  विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।

हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुहोस्:

विकासशील तथा विपन्न देशहरुलाई सबैभन्दा धेरै कोरोनाको खोप वितरण गर्दै चीन

अर्को हप्तादेखि नै कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने


1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send