पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७१ ११८ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ६६ हजार ६०० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २६४ रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु भएन । कोरोनाले मृत्यु हुनेको संख्या २ हजार २९ रहेको छ ।