पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना पुष्टि, उपत्यकामा एक हजार ७४६


पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना पुष्टि, उपत्यकामा एक हजार ७४६

पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज एक हजार ७४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितमध्ये काठमाडौंका १४५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...