काठमाण्डाै | पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४०१ जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २ लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालम ३२४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ११ पुगेको छ ।