durbar-times

पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३  रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको छ ।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send