https://ntc.net.np/

कोभिड–१९ विरुद्धको खोप आजबाट शुभारम्भ,आज १२ हजारले लगाउने


कोभिड–१९ विरुद्धको खोप आजबाट शुभारम्भ,आज १२ हजारले लगाउने

काठमाडौं | नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सातै प्रदेशका ६२ अस्पताल र १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको हो ।

पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो डा अनुप बाँस्तोलाले लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम सुरु गरेका हुन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सक्ने र पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप दिइने जनाएको छ ।।

काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालमा खोप केन्द्र बनाइएको छ । आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय केन्द्रमार्फत करिब ४ लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send