काठमाडाैं | भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका थिए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिएको हो ।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
१० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।
कसले पाउँछ नेपाल आएकाे काेराेना खाेप ?
काेराेना विरूद्दकाे खाेप नेपाल आउने भएपछि यतिबेला नेपालमा खुशीकाे माहाेल छाएकाे
छ । भारतले नेपाललाइ दिएकाे १० लाख डाेज खाेप भर्खरै मात्र नेपाल आइपुगेकाे छ । खाेप नेपाल आएपछि कसले कसले याे खाेप लगाउन पाउलान् ? भन्ने आम जनचासाे र
जिज्ञासाकाे विषय पनि रहेकाे छ । हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रा…

नेपाल ल्याइँदै गरिएको कोरोना खोप यस्ता समस्या हुने व्यक्तिले लगाउन हुँदैन
काठमाडौं | भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान
दिएको हो । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री
हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका
हुन् । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज…
