काठमाडौं | भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको हो ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका हुन् । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार(आज) काठमाडौँ आइपुग्ने छ ।
कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटका अनुसार यस्ता समस्या हुनेले लगाउन हुँदैन
- एलर्जीको समस्या भएका
- रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती
- ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्ति
- सिरम इन्स्टिच्यूटल खोप उत्पादनमा प्रयाग गरिएको कुनै पनि घटकको गम्भीर एलर्जी छ भने खोप नगाउन भनेको हो।
- पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिन समेत सुचित गराएको छ।
- गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ।
- कोभिड-१९ अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिसिल्ड नलगाउन सीरम इन्स्टिच्युटले अनुरोध गरेको छ।
- खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुभाव दिइएको छ।
यसअघि, कोभ्याक्सिन खोपको निर्माता कम्पनी भारत बायोटेकले कसले खोप नलगाउने भन्ने बारे यस्तो खालको सूचना जारी गरेको थियो।