पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ मा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ मा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रवार ४ हजार ५०० जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन्। हाल देशभर ३४ हजार ९०५ सक्रिय कोरोना संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ७० पुगेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...