च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी


च्याम्पियन्स लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएका खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। बार्साले युभेन्टसलाई र म्यानुले रासेन्बालस्पोर्टस लेइपजिङलाई हराएका हुन्।

बार्साले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको छ। दोस्रोपटक कोरोनाभाइरस जाँचको रिपोर्ट पोजिटिभ आएपछि युभेन्टसबाट क्रिस्टियानो रोनाल्डोले खेल्न नपाउँदा त्यसको फाइदा बार्साले उठाएको छ।

युभेन्टसको घरेलु मैदानमा बार्सिलोनाका लागि डेम्बेलेले १४औँ मिनेटमा नै गोलको खाता खोलेका थिए। लियोनल मेस्सीले ९०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। युभेन्टसका डिफेन्डर मेरिज डेमिरल ८५औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए।

च्याम्पियन्स लिगमा चेल्सी र सेभियाको पहिलो जित
च्याम्पियन्स लिग अन्तर्गगत बुधबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ। क्रस्नोदरको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिविरुद्ध ४–० गोलको सहज जित निकालेको हो। जितका लागि चेल्सीका हुड्सन ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे। ओडोइले खेलको ३७ औं मिनेटमा…

अर्को खेलमा म्यानुले जर्मन क्लब आरबी लेइपजिङलाई ५-० गोलले पराजित गरेको छ। म्यानुका लागि माकर्स राशफोर्डले ह्याट्रिक गरेका छन्। घरेलु मैदानमा एक गोल मात्र गरेको म्यानुले दोस्रो हाफमा चार गोल गरेको थियो। राशफोर्डले तीनै गोल दोस्रो हाफमा गरेका हुन्।

सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holders
धेरै खेलाडिहरूले करियरको क्रममा केवल केही रेडकार्डहरू प्राप्त गर्छन्। कुनै पनी अप्रिय घटना हुन नदिन तथा खेललाई नियन्त्रण गर्न रेडकार्ड रेफ्रीको लागि अन्तिम प्रयास हुनसक्दछ।सामान्यतया, रातोकार्ड सम्म पुग्ने घटनाहरू अन्जानमा हुन्छन् - लगभग हास्यास्पद। तथापि, केही खेलाडिहरू रेडकार्डहरू प्राप्त गरेरै …

अर्को खेलमा बोरुसीया डर्टमुन्डले जेनित सेन्ट पिटर्सबर्गलाई २-० गोलले पराजित गरेको छ। क्लब ब्रुग र लाजियो तथा फेरेन्काभारोस र डाइनामो किभले भने बराबरी खेलेका छन्।

इस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ । बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holdersधेरै खेलाडिहरूले करियरको क्रममा केवल…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...