चेन्‍नईले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै


चेन्‍नईले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत चेन्‍नई सुपर किङ्सले आज लिगको दशौं खेल खेल्दै छ ।

सेख ज्यायद क्रिकेट स्टेडियममा चेन्‍नईले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित्‍नैपर्ने दबाबमा छन् । ८ खेलबाट ६ अंकका साथ तालिकाको पुछारमा रहेको राजस्थान आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि आफ्नो सम्भावना जीवित राख्‍ने योजनामा छ ।

यता तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको चेन्‍नई पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । साबिकको उप-विजेता टोली भएका कारण पनि आज चेन्‍नईलाई जित्नैपर्ने दबाब छ । दुई टोलीबीच आजको खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चरण प्रवेशमा सहज हुनेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...