durbar-times

चेन्नई सुपर किंग्स शीर्ष स्थानमा


चेन्नई सुपर किंग्स शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

दिल्लीमा भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित गरेको हो ।

१७२ लक्ष्य चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि रुतुराज गाइक्वाडले ४४ बलमा ७५ तथा फाप डू प्लेसिसले ३८ बलमा ५६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनाएको थियो । उसका लागि मनिश पाण्डेले ४६ बलमा ६१, डेविड वार्नरले ५५ बलमा ५७ तथा केन विलियम्सले १० बलमा नटआउट २६ रन बनाए ।

जित निकालेको चेन्नई ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । १० अंक नै रहेको बैंग्लोर दोस्रो स्थानमा छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send