http://bit.ly/bajajdurbartimes

नेगेटिभ सर्किट,तर काराेबार रकम भने उत्साहजनक


नेगेटिभ सर्किट,तर काराेबार रकम भने उत्साहजनक

नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको सेयर बजारमा ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । काराेबारकाे कुल रकम हेर्दा याे सुखद नै देखिएकाे छ ।

बजार ६% घटेपछि दिउँसो २ बजेर १३ मिनेट जाँदा कारोबार स्थगित गरिएको हो । अब बजार सोमबार मात्र खुल्नेछ । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार बेस्सरी प्रभावित भएको हो ।

सेयर बजार एकाएक किन भयो यसरी प्रभावित ?
काठमाडौं : केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि सेयर बजार बेस्सरी प्रभावित भएको छ । हाल लगानीकर्ताले सेयर धितोमा ७०% सम्म कर्जा पाउँदै आएका छन् । १२० दिनको औसत मूल्यलाई आधार मानेर कर्जा दिइने गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा…

यसबाहेक अन्य कतिपय नकारात्मक हल्ला पनि फैलाइएका छन् । १ करोड ५४ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । कारोबार भएका सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ९.१३% ले घटेको छ । यसमा नेपाल टेलिकम तथा पुनर्बिमा लगायतका कम्पनीहरुको वर्चस्व छ ।

यस्तै बिमा समूह, उत्पादनमूलक तथा व्यापारिक समूहहरुमा पनि भारी गिरावट आएको छ । वाणिज्य बैंक समूहको सूचक ६४.९ अंकले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकमको वर्चस्व रहेको छ । डेढ दर्जन कम्पनीको भाउ ९% माथि घटेको छ ।

1

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

2

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

3

हिन्दी अन्तर्वार्ता

4

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

5

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

6

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा


Share Tweet Send