जर्मन क्लब बायर्न म्युनिखका विंगर अल्फन्सो डेभिसले क्यानडाको प्लेयर अफ दि इयर अवार्ड जितेका छन् । क्यानडाको वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
२० वर्षीय डेभिसले गत सिजन बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो ।
यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा डेभिसको भूमिका महत्वपूर्ण रहेको थियो । डेभिसले दोस्रो पटक प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । यस अघि उनले २०१८ मा अवार्ड जितेका थिए ।
त्यस्तै डेभिसले दुई पटक यू-१७ प्लेयर अफ दि इयर अवार्ड जितेका थिए ।
यो पनि पढ्नुहोस्:
टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ: आयोजक
साविक विजेता बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा
लेवान्डोस्कीले 'गोल-५० बेस्ट प्लेयर अवार्ड' जिते