प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण


प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए।

तस्विर सौजन्य: राजन काफ्ले

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोन…
कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान समारोह नगर्ने
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानका…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...