दिल्ली र राजस्थान भिड्दै, राजस्थानलाई हारको बदला लिने मौका


दिल्ली र राजस्थान भिड्दै, राजस्थानलाई हारको बदला लिने मौका

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ । श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली राजस्थानलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो । बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ । राजस्थान ७ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...