durbar-times

सुपर ओभरमा दिल्ली क्यापिटलको जित


सुपर ओभरमा दिल्ली क्यापिटलको जित

आईपीएलमा सनराईजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको खेल निकै रोमांचक भएको छ । सो खेल सुपर ओभरमा गएको थियो ।

दिल्ली क्यापिटल्सले सुपर ओभरमा  जित हात पार्दै आईपीएलमा चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो ।

जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।

हैदरावादको यो चौंथो हार हो । हैदरावादले ५ खेलमा २ अंक जोडेको छ ।


1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send