डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

डा‍. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन् ।

उनले डा. केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आइसीयु सपोटमा राख्नुपर्ने अवस्था रहेको डा.कार्कीले बताइन् ।

‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, उहाँलाई स्वास फेर्न गाह्रो भएको छ,’ डा.कार्कीले भनिन्, ‘ डा.केसीले केही समयदेखि नियमित खाइरहनु भएको मुटुको समस्याको औषधि पनि खानु भएको छैन । उहाँको अवस्था आइसीयुमा राख्नुपर्ने बिरामीको जस्ता भएको छ ।’ स्वास्थ्य अवस्था विग्रदै गएपनि औषधि उपचार गर्न नमानेको उनले बताइन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...