डाेनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर पत्र पठाउने महिला पक्राउ


डाेनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर पत्र पठाउने महिला पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर पत्र पठाउने शंकास्पद महिला पक्राउ परेकी छिन् । अमेरिकाको फेडरल ल इन्फोर्समेन्टका अधिकारीहरुले ती महिलालाई पक्राउ गरिएको जानकारी दिएका छन् । खामभित्र रिसिन नामको घातक विष थियो ।

शंकास्पद महिला क्यानडाको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिइन् जहाँबाट उनलाई पक्राउ गरिएको हो । सीएनएनका अनुसार अधिकारीहरुले ती महिलाको साथमा बन्दुक पनि भएको बताएका छन् । उनले अब सजायको सामना गर्नुपर्ने सम्भावना देखाइएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...