नेपालका युवा अलराउन्डर कुशल मल्लले आबुधाबीमा जारी टी-१० लिग क्रिकेटमा डेब्यू गरेका छन्। टिम अबुधाबीमा आबद्ध भएका कुशलले क्वालन्डर्सविरुद्ध डेब्यू गरेका हुन्।
यसअघि जारी लिगमा नेपाली राष्ट्रिय टिमका बलिङ अलराउन्डर सोमपाल कामी र करन केसीले डेब्यू खेलेका थिए।
कुशलले हिजोको खेलमा १८ रन जोडेका छन्। तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडेका हुन्।