http://bit.ly/bajajdurbartimes

भारतमा कोरोना संक्रमणबाट साढे ४७ हजारभन्दा बढीको निधन


भारतमा कोरोना संक्रमणबाट साढे ४७ हजारभन्दा बढीको निधन

भारतमा शनिबार ३६ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार दुई सय २२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमध्ये ९१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार चार लाख तीन हजार दुई सय ४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको लगातार २८औँ दिन हो ।

२४ घन्टामा चार सय ८२ को मृत्यु
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा भारतमा चार सय ८२ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार एक सय ८२ पुगेको छ ।

भारतभर सबैभन्दा बढी कोरोना प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार नौ सय ३१ अझै पनि सक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमणका कारण यहाँ ४७ हजार ६ सय ९४ व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा पाँच लाख ५३ हजार दुई सय ९२ जना संक्रमित छन् । कोरोना सुरु भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट नौ हजार पाँच सय ७४ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमुना परीक्षण गरेको जनाएको छ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send