http://bit.ly/bajajdurbartimes

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार


भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार

भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् ।

यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ ।

भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा हालसम्म १० हजार ३८४ जनाको मृत्यु भइसकेको छ ।–सिन्ह्वा

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send