काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् । १ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् ।
यस फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ’डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो ।
आगामी माघबाट छायांकन शुरू हुने चलचित्रका लागि निर्माण पक्षले केही अभिनेत्रीको ‘सर्टलिस्ट’ बनाएको थियो । तर उपसनालाई आर्यनको अपोजिटमा लिने अन्तिम निर्णय भएको हो ।
उपासनाले कथावस्तु मन पराएपछि चलचित्रमा काम गर्न राजी भएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए । ‘क्याप्टेन र कबड्डी ३’मा काम गरेपछि उपसनाको चर्चा चुलिएको थियो । उपासना र आर्यनको जोडी पहिलो पटक देख्न पाइने छ ।
चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल लगायतका कलाकार पक्का भइसकेका थिए । उपासनाले इन्ट्री गरेसँगै चलचित्रका कलाकारको ड्रीम टीम तयार भएको हो ।
लक्ष्मण रिजाल कार्यकारी निर्माता रहने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दैछन् । चलचित्रमा रबि नायडुको छायांकन रहनेछ ।
यो पनि: