डिफेन्डर रुबेन डायसलाई म्यानचेस्टर सिटीमा अनुबन्ध


डिफेन्डर रुबेन डायसलाई म्यानचेस्टर सिटीमा अनुबन्ध

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले बेनफिकाका २३ वर्षे डिफेन्डर रुबेन डायसलाई अनुबन्ध गरेको छ।

सिटीले डायसलाई ६ करोड ५० लाख पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

सिटीले यो खेलाडी सरुवा बजारमा अनुबन्ध गरेको डायस तेस्रो खेलाडी हुन्। यसअघि सिटीले डिफेन्डर नाथन एके र फरवार्ड फेर्रान टोरेसलाई अनुबन्ध गरेको थियो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...